आहा! रारा पोखरा गोल्डकप: फाइनल पुगेको पाँचौ पटकमा आर्मी च्याम्पियन

पाेखरा | माघ २०, २०८०

आहा! रारा पोखरा गोल्डकप: फाइनल पुगेको पाँचौ पटकमा आर्मी च्याम्पियन

पोखरा:    पोखरामा सम्पन्न भएको २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा पहिलो पटक त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ ।

 

पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले हराउँदै आर्मीले पहिलो पटक उपाधि जितेको हो ।

 

यसअघि आर्मी २०७५ सालमा फाइनलमा थ्री स्टारसँग पराजित भएको थियो । आर्मीले ५ वर्षपछि त्यसको बद्ला लिएको छ ।

 

२३ औं संस्करणको उपाधिसँग आर्मीले १२ लाख १ हजा नगदसहित शिल्ड प्राप्त गर्याे । यस्तै उपविजेता बनेको थ्री स्टारले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्याे ।

 

२०६५ सालयता पाँचौं पटकको फाइनलमा आर्मी विजेता बन्न सफल रह्यो । आर्मीलाई उपाधि दिलाउन कप्तान जेलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले समान १÷१ गोलको योगदान दिए । 

 

३८ औं मिनेटमा जिलेस्पीले हेडमार्फत गोल गरे । यस्तै खेलको ८३ औं मिनेटमा फत्तेमानले गोल गर्दै अग्रतालाई दोब्बर बनाए र इन्ज्युरी समयको चौथो मिनेटमा बसन्तले गोल गर्दै च्याम्पियन बन्ने पक्का गरे ।

 

यो संस्करणको फाइनलसँगै थ्री स्टारले ७ पटक फाइनल भिडेको छ भने ५ पटक च्याम्पियन बनिसकेको छ ।

 

पछिल्लो पटक २०७५ मा यिनै दुई टोली फाइनलमा भिड्दा थ्री स्टारले आर्मीलाई पाखा लगाएको थियो । त्यसअघि आर्मीले २०६५, २०६६ र २०७२ सालमा फाइनल खेलेको थियो । 

 

राइजिङ स्टार फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै यात्राको सुरूवात गरेको आर्मीले क्वाटरफाइनलमा संकटालाई ३–० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडमाथि २–१ जित निकाल्दै पाँचौं पटक फाइनल पुगेको थियो ।

अर्कोतर्फ उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई २–१ हराउँदै अघि बढेको थ्री स्टारले क्वाटर फाइनलमा भुटानको पारो फुटबल क्लबलाई २–० र सेमिफाइनलमा जाउलाखेल माथि १–० जित निकाल्दै फाइनल पुगेको थियो । 

 

थ्रीस्टारले यसअघि २०६३, २०६७, २०६९, २०७१, २०७४ र २०७५ फाइनल खेल्दा २०७४ मा उपाधि जितिसकेको छ ।

 

२३ औं संस्करणसम्म आइपुग्दा नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले सर्वाधिक समान ६ पटक , थ्री स्टारले ५ पटक, संकटा क्लबले २ पटक, अफ्रिकन युनाइटेड, सहारा, एपिएफ र आर्मी समान १ पटक च्याम्पियन बनेका छन् ।

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्